News

अब भारतबाट नेपालीहरूले मुथुट फिनकर्प ( निलो मुथुट) बाट पनि पैसा पठाउन सकिने



प्रभु मनि ट्रान्सफर र मुथुट फिनकर्प -  रेमिटेन्स सम्झौता

प्रभु मनि ट्रान्सफर इन्डियाले यहि अप्रिल २०१८ देखि लागु हुनेगरी भारतको अर्को प्रतिष्ठित कम्पनी मुथुट फिनकर्पसंग रेमिटेन्स सम्झौता गरेको छ। भारतमा काम गर्ने लाखौं प्रवासी नेपालीहरूले अव थप सजिलो गरी मुथुट फिनकर्पका करिब ३८०० शाखाहरूबाट बिहान १० बजेदखि बेलुका ०६ बजेसम्म नेपालमा पैसा पठाउन सक्ने छन्।

भारतबाट पठाएको पैसा नेपालमा प्रभु बैक लगयत अन्य सबै बाणिज्य बैक र सहकारी संस्थाका खाताहरूमा तुरून्तै जम्मा  गर्न सकिने छ भने देशभरमा ८००० भन्दा बढि प्रभुका रेमिट्यान्स  काउन्टरहरूबाट पैसा नगद प्राप्त गर्न सकिने छ।
नेपालीहरूलाई  भारतबाट नै प्रभु बैंकमा खाता खोल्न सक्ने व्यवस्था मिलाइएको छ भने  रूपैया कार्ड पनि सितैमा दिने प्रबन्ध मिलाईएको छ। 

Associated Organizations