News

 

All the News related to PrabhuINDIA:


अब भारतबाट नेपालीहरूले मुथुट फिनकर्प ( निलो मुथुट) बाट पनि पैसा पठाउन सकिने



प्रभु मनि ट्रान्सफर र मुथुट फिनकर्प -  रेमिटेन्स सम्झौता

प्रभु मनि ट्रान्सफर इन्डियाले यहि अप्रिल २०१८ देखि लागु हुनेगरी भारतको अर्को प्रतिष्ठित कम्पनी मुथुट फिनकर्पसंग रेमिटेन्स सम्झौता गरेको छ। भारतमा काम गर्ने लाखौं प्रवासी नेपालीहरूले अव थप सजिलो गरी मुथुट फिनकर्पका करिब ३८०० शाखाहरूबाट बिहान १० बजेदखि बेलुका ०६ बजेसम्म नेपालमा पैसा पठाउन सक्ने छन्।

भारतबाट पठाएको पैसा नेपालमा प्रभु बैक लगयत अन्य सबै बाणिज्य बैक र सहकारी संस्थाका खाताहरूमा तुरून्तै जम्मा  गर्न सकिने छ भने देशभरमा ८००० भन्दा बढि प्रभुका रेमिट्यान्स  काउन्टरहरूबाट पैसा नगद प्राप्त गर्न सकिने छ।
नेपालीहरूलाई  भारतबाट नै प्रभु बैंकमा खाता खोल्न सक्ने व्यवस्था मिलाइएको छ भने  रूपैया कार्ड पनि सितैमा दिने प्रबन्ध मिलाईएको छ।  » Read More

प्रभु मनि ट्रान्सफर (इंडिया) र ITZ Cash Card Limited बीच रेमिटेन्स कारोबार सम्झौता

 

प्रभु मनि ट्रान्सफर इंडियाले आफ्नो एजेन्ट बिस्तार गर्ने क्रममा ITZ Cash Card Limited मुम्बईसंग नेपाल पैसा पठाउनको लागि रेमिट्यान्स  संझौता गरेको छ | जस अनुसार भारतमा रहेका नेपालीहरुले आफ्नो नागरिकताबाट भारतभरि छरिएर रहेका १००००० भन्दाबढी ITZ Cash Card Limited का एजेन्ट संजालबाट नेपालमा सजिलै पैसा पठाउन सक्नेछन् | ITZ Cash Card Limited भारतको रेमिटेन्स कारोबारगर्ने एक प्रतिष्ठित कम्पनी हो | भारतबाट पठाईएको पैसा, प्रभु बैंकको खातामा वा नेपालस्थित अन्य बैंकको खातामा वा सहकारी संस्थाको खातामा तुरुन्तै जम्मागर्ने सकिनेछ र प्रभु बैंकका नेपालभरीका शाखा अथवा प्रभु मनि ट्रान्सफरको नेपालभरीका ७००० भन्दाबढी एजेन्ट नेट्वोर्कमार्फत तुरुन्तै नगत भुक्तानी लिन सकिन्छ | भारतबाटै प्रभु बैंकमा आफ्नो खाता खोली रकम जम्मा गर्ने व्यबस्था हुनको साथै निशुल्क remittance card उपलब्ध गराउने व्यबस्था पनि मिलाइएको छ |

» Read More

प्रभु मनि ट्रान्सफर र एफआईए ग्लोबलबिच सम्झौता


प्रभुमनि ट्रान्सफर र एफआईए ग्लोबलबिच बुधबार रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा एफआइए ग्लोबलको तर्फबाट फाइनान्स एण्ड अपरेसन प्रमुख प्रदीप मेहेता र प्रभु मनि ट्रान्सफरको तर्फबाट उपाध्यक्ष कुसुम लामाले हस्ताक्षर गरे । यस सम्झौतासँगै भारतमा प्रभु मनि ट्रान्सफरको सञ्जाल विस्तार भएको छ ।

विभिन्न वित्तीय संस्थासँग  मिलेर मुलुभरका जनतालाई वित्तीय पहुँचमा ल्याउन सहयोग गर्दै आएको भारतीय कम्पनि एफआईएका भारतभर ८ हजार ५ सय एजेन्ट रहेका छन् । यस सम्झौतापछि एफआईएका जुनसुकै एजेन्टहरुमार्फत भारतमा रहेका नेपालीले प्रभु मनि ट्रान्सफरमा पैसा पठाउन सक्ने भएका छन् । यस सम्झौताले भारतमा रहेका नेपाली नागरिकलाई प्रभु मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउन थप सहज बनाएको छ ।» Read More

रेमिट्यान्स बचत गर्न राज्यले शिक्षा र स्वास्थ्य दिनुपर्छ -बैंकर्स कुसुम लामा

नेपालको अर्थतन्त्रमा बैंकिङ क्षेत्रका माध्यमबाट सक्रिय एक नारी पात्र हुन् – कुसुम लामा । जो सधै विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सको सही प्रयोगका बारे सोंचिरहन्छिन्, अनि हुण्डीको माध्यमबाट बाहिर जाने र नेपाल भित्रिने रकम रोक्नका लागि निरन्तर आवाज उठाईरहन्छिन् । आज लाखौं लाख यूवाहरु विदेशमा छन् । वार्षिक रुपमा करिव ५ अर्ब माथिको रेमिट्यान्स बैधानिक बाटो भएर भित्रिन्छ तर यतिका रकम घर खर्चमै जान्छ । जुन पैसाका बारे भइरहने बहसमा रेमिट्यान्स फजुल खर्चमा गयो भनिन्छ तर प्रभू मनि ट्रान्सफरका उपाध्यक्ष समेत रहेकी यी नारीले यसबारेमा कारुणीक कुरा हामीसँग यसरी सुनाइन् –‘शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्दैन, खानका लागि घरमा खर्च हुँदैन, बाहिर हेर्दा धेरै रेमिट्यान्स आउँछ, तर हरेक परिवारमा पुग्दा थोरै हुन्छ, ऋणको व्याज उसैले तिर्नुपर्छ, अनि कसरी त्यो रकम उत्पादन क्षेत्रमा लगानी हुन सकोस् ?’ नेपालको बैंकिङ क्षेत्रमा समेत महत्वपूर्ण उपस्थित जनाएकी प्रभू बैंक लिमिटेडकी डाइरेक्टर एवं प्रभू मनि ट्रान्सफरकी उपाध्यक्ष कुशुम लामासँगको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :» Read More

प्रभु बैक र प्रभु मनि ट्रान्सफरको सहयोगमा भलिवल खेल सम्पन्न

भारतको 68 औ गणतन्त्र दिवसको अवसर पारेर राजधानी नई दिल्लीमा प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिको खेल विभागले यहि 26 जनवरीका दिन भलिवल प्रतियोगतिा सम्पन्न गरेको छ। कुल 24 टीम सहभागी भएको उक्त प्रतियोगितामा दिल्लीका प्राय सबै जिल्लाहरूबाट खेलाडीहरू उपस्थित भएका थिए।
24 टीम मध्ये प्रभु बैंक र प्रभु मनि ट्रान्सफरले नालायक र रेसुंगा नामक 2 टीमलाई टीसर्ट प्रदान गरेको थियो । 26 जनवरीमा शुरू भएको उक्त प्रतियोगिता आउंदो रविवार 31 जनवरीमा मात्र सम्पन्न हुनेछ।
दिल्लीका विभिन्न अलग अलग स्थानबाट उपस्थित भएका जनमानसको बीचमा प्रभुको प्रचार खेलाडी र पर्चा पम्प्लेटका माध्यमवाट व्यापक रूपमा भएको थियो साथै आयोजक खेल विभागले प्रभुलाई एउटा हेल्प डेस्कको व्यवस्था पनि गरेको थियो ।» Read More

Muthoot Finance from India Starts Money Transfer Services to Nepal


KOCHI: Muthoot FinanceBSE -0.69 % Ltd., the flagship company of Muthoot Group has launched money remittance services between India and Nepal. It has collaborated with the Indian arm of Nepal based Prabhu Bank Ltd.

"The Nepali workforce will have a simpler way of transferring money to their families and friends from India," said Muthoot Finance managing director George Alexander Muthoot. Nepali migrants can now transfer money from a minimum of Rs 200 from any of the 4200 branches of Muthoot Finance to their families without opening a bank account in India.» Read More

GI Tech helps to transfer money to Nepal

GI Technology, a leading payment solution company, on Friday entered into strategic tie-up with Prabhu Money Transfer Pvt. Ltd. and Ratnakar Bank Ltd. that enables Nepali diaspora settled in India to remit cash back home.

Chennai-based GI Technology is the first non-banking institution to facilitate cash remittances to Nepal using the retail agent network of its partners. On a given day, cash up to Rs.50,000 can be remitted and the commission is Rs.200 per transaction. A maximum of 12 transactions are allowed in a year.

There are about five million Nepali migrants in India and the average cash remittances by them through official channel ranges between Rs.7,000 and Rs.20,000.

» Read More

भारतमा नेपाली नागरिकताबाट बैंकिङ कारोबार सुरु, दिल्लीमा प्रभूको मुख्य शाखा

प्रभू मनि ट्रान्सफरले नयाँदिल्लीबाट आफ्नो कारोबार सुरु गरेको छ । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले प्रभू मनि ट्रान्सफरको दिल्लीको द्धारकास्थित मुख्य कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन क्रममा राजदुत उपाध्यायले भारतका विभिन्न ठाउँबाट हाल गैर कानूनि रुपमा हुण्डीकका माध्यमबाट नेपालमा रकमान्तरण भइरहेको उल्लेख गर्दै प्रभूको औपचारिक प्रवेशले  नेपालमा पैसा पठाउने आधिकारीक बाटो निर्माण गरेकोमा खुसी व्यक्त गरे ।

राजदुत उपाध्यायले अब उपरान्त प्रभू मनि ट्रान्सफरका शाखा तथा एजेण्टहरु मार्फत भारतबाट नेपालमा पैसा पठाउँदा नेपाली नागरिकताले नै पैसा पठाउन पाइने सरल व्यबस्था भएकोमा आफु अझ बढी हर्षित भएको उल्लेख गरे । उनले यो कदमबाट भारत र नेपाली दुवै मुलुकलाई सहज हुने उल्लेख गर्दै टेक्नोलोजीको विकासले पैसा बोक्ने झण्झटको अन्त्य भएको पनि बताए ।

» Read More

Associated Organizations